बस र मिनी ट्रक जुद्धा २ को मृत्यु २ दर्जन बढी घाइते

मोरङ, २ साउन । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो ।

मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा १ जना सहचालक टिकाराम रहेका छन् भने अर्कोको पहिचान खुलेको छैन ।

बाँकी ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।

घाइतेमध्ये ७ जनाको विराटनगरको नोबेल अस्पताल, ५ जनाको न्यूरो अस्पताल र अन्य १० जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

Loading...