अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’सेवालाई गुणस्तरीय बनाइदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा जिम्मा पाएको नेपाल वायुसेवा निगमले थप स्तरीय प्रदान गर्न विभिन्न उपाय अवलम्बन गरेको छ ।

निगमले पुराना भई उपयोगमा आउन नसक्ने भूमिस्थ सेवामा प्रयोग हुदै आएका उपकरणहरुको लिलामी गरेको छ। यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई प्रदान गर्दै आएको भूमिस्थ सेवालाई सुरक्षित र गुणस्तरीय छ भनी IATA ले ISAGO प्रमाण पत्र समेत प्रदान गरिसकेको छ । साथै निगमसंग भएका स्रोत साधनलाई उच्चतम प्रयोग गर्ने र अपुग स्रोत साधन खरिद गरी आफ्नो सेवालाई सदाझैं गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यले प्रेरित हुँदै भूमिस्थ सेवाको लागि विभिन्न उपकरणहरु खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
पहिलो चरणमा यात्रु तथा क्रु मेम्बर बोक्ने चार वटा ¥याम्प बस खरिदको प्रक्रिया अगाडि बढाइने निगमको योजना रहेको छ । यी बसहरु आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउनेछन्् भने अरु यात्रुहरुलाई पनि थप सुविधा मिल्नेछ । साथै यही हप्ताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको लागि नयाँ ख्क्ष्ए ¥याम्प कोच संचालनमा ल्याइदै छ ।

पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरिद गरिने कार्य निकै अघि बढिसकेको अवस्था छ । सम्पूर्ण उपकरणहरु आएटा मापदण्ड पुरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुनेछ । निगमको भूमिस्थ सेवाको अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्रसंशा गरेका छन्् ।
सिता लोड कन्ट्रोल सिस्टम अन्र्तगत यात्रुहरुको व्यागेज ट्रयाकिङ्ग प्रणालीको स्तरोन्नति गर्ने काम भएको छ । यसबाट निगमको उडानमा यात्रा गर्ने यात्रुहरुको व्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको छ ।
आन्तरिक उडानका यात्रुहरुलाई सहयोग पुगोस्् भन्ने उद्देश्यले निगमले आन्तरिक तर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत टिकट विक्री कक्ष खोलेको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरुलाई टिकट खरिद गर्न तथा कार्गो बुक गर्न सहज भएको र निगमको आयस्रोतमा पनि थप वृद्धि भएको निगमले जनाएको छ ।

Loading...