गुन्डा नाइके निमा प्रहरी फन्दामा

काठमाडौं, ३१ असार । गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्।

उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘पत्रकार समेतलाई धम्क्याएको लगायतकाे अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ।’

लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनी जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा असुल्ने गरेको आरोप छ।

Loading...