राजेश पायल राईको सशक्त प्रस्तुतिमा ‘मेराे साथ’

काठमाडाैं । नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएकाे ‘मेरो साथ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमिकाले मायामा घात गर्दाको पीडालाई गीतमा समेटिएको छ । दोस्ती हाङ्ग राईको शब्द तथा डिआर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज यस गीतमा रहेको छ ।

दिपक गिरीको छायाङ्कन, अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । ‘मेरो साथ’ गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको पुरा भिडियो

Loading...