सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डलाई विश्वकप उपाधि

सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले २०१९ विश्वकपको उपाधि जितेको छ। इंग्ल्याण्डले एकदिवसीय विश्वकप जितेको यो नै पहिलो पटक हो।

यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उप-विजेतामा सिमित भएको थियो। सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको। लगातार दोश्रो पटक न्युजिल्याण्ड उप-विजेतामा सिमित भएको हो।

लर्ड्स मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा के भयो ? 

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिंग गर्दा बेन स्टोक्स र जोस बटलर ब्याटिंग गर्न आए। न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले बलिंग गरे।

पहिलो बल – ३ रन ( बेन स्टोक्स ) , दोश्रो बल – १ रन ( बटलर )  , तेश्रो बल – चौका ( स्टोक्स ) चौथो बल – १ रन ( स्टोक्स ) , पाँचौ बल – २ रन ( बटलर ) , छैठौं बल – चौका ( बटलर )

इंग्ल्याण्डले १५ रन बनायो र न्युजिल्याण्डलाई जित्न १६ रनको लक्ष्य प्रस्तुत गर्यो। लक्ष्य पछ्याउन इंग्ल्याण्डको लागि ब्याटिंगमा मार्टिन गुप्टिल र जेम्स निशम आए , इंग्ल्याण्डको लागि जोफ्रा आर्चारले बलिंग गरे।

पहिलो बल – वाइड , पहिलो बल – २ रन ( निशम ) , दोश्रो बल – छक्का ( निशम ) , तेश्रो बल – २ रन ( निशम ) ,
चौथो बल – २ रन ( निशम ) , पाँचौ बल – १ रन ( निशम )

जितको लागि न्युजिल्याण्डलाई २ रन आवस्यक रहेको बेला १ रन पुरा गरेपछि दोश्रो रन लिने क्रममा गुप्टिल रन आउट हुन पुगे।

सुपर ओभरमा दुवै टिमले समान १५/१५ रन बनाए पनि पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले धेरी बाउन्ड्री प्रहार गरेको हुँदा इंग्ल्याण्ड विजेता भएको हो।

सुपर ओभरमा यसरी पुग्यो खेल 

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन। ओपनर जेसन रोय १७ रन बनाएर छैठौं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भए। ३० बलमा ७ रन बनाएर संघर्ष गरेका रोय रुटलाई कोलिन डी ग्रयाण्डहोमले क्याच आउट गरे।

एक किनार सम्हालीरहेका जोन्नी बेयरस्टोलाई २० औं ओभरमा लकी फर्गुसनले बोल्ड गरे। उनले ५५ बलमा ७ चौका मदतले ३६ रन बनाए। त्यस लगत्तै कप्तान ओएन मोर्गनलाई जेम्स निशमले क्याच आउट गराए। २२ बलमा मोर्गनले ९ रन बनाए।

२३.१ ओभरमा इंग्ल्याण्ड ८६/४ को अवस्थामा पुग्यो। न्युजिल्याण्डले सेमीफाइनलमा भारतलाई पराजित गर्दाकै स्थिति आईपुग्यो।

तर पाँचौ विकेटको लागि बेन स्टोक्स र जोस बटलरले उत्कृस्ट साझेदारी गर्दै इंग्ल्याण्डलाई जिततर्फ लगे। दुवैले अर्धशतक पुरा गरे र शतकीय साझेदारी समेत गरे।

तर ४५ औं ओभरमा जोस बटलरलाई लकी फर्गुसनले क्याच आउट गराउदै न्युजिल्याण्डलाई खेलमा फर्काए। बटलरले ६० बलमा ६ चौका मदतले ५९ रन बनाए। बटलरको विकेट लगत्तै ४७ औं ओभरमा २ रन बनाएका क्रिस वोक्सलाई फर्गुसनले क्याच आउट गराए।

त्यसपछि पनि स्टोक्सले एक किनार सम्हालीरहे। ४९ औं ओभरको तेश्रो बलमा प्लंकेटलाई निशमले क्याच आउट गराए। सोहि ओभरमा जोफ्रा आर्चरलाई निशमले खाता नखोल्दै आउट गरे।

४९ ओभरमा इंग्ल्याण्ड २२७/८ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्न ट्रेन्ट बोल्ट आए।

अन्तिम ओभर 

पहिलो बल – डट बल , दोश्रो बल – डट बल , तेश्रो बल – स्टोक्सद्वारा छक्का प्रहार, चौथो बल – ६ रन ( २ रन पुरा गरेको अवस्थामा फिल्डरले रन आउट गर्न फालेको बलले स्टोक्सलाई लाग्दै बलले बाउन्ड्री पार गर्यो  ) , पाँचौ बल – रन आउट, २ रन लिने चक्करमा मार्क वुड रन आउट हुन पुगे र खेल सुपर ओभरमा पुग्यो।

स्टोक्स ८४ रनमा अविजित रहे जुन क्रममा ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो।

न्युजिल्याण्ड बलर लकी फर्गुसन  र जेम्स निशमले ३/३ विकेट लिए।

न्युजिल्याण्डको इनिंग 

टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो।

न्युजिल्याण्डको लागि ओपनर हेनरी निकोलसले सर्वाधिक ५५ रन ( ७७ बलमा ४ चौका ) बनाए। यस्तै टम लाथमले ४७ ( ५६ बलमा २ चौका र १ छक्का ) तथा केन विलियमसनले ३० रन ( ५३ बलमा २ चौका ) बनाए। मार्टिन गुप्टिल र जेम्स निशमले समान १९, कोलिन डी ग्रयाण्डहोमले १६ तथा रोस टेलरले १५ रन बनाए।

विलियमसन र निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए जसपछि न्युजिल्याण्डले ठुलो साझेदारी गर्न सकेन।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स  र लियाम प्लंकेटले ३/३ तथा जोफ्रा आर्चर र मार्क वुड ले १/१ विकेट लिए।

Loading...