लोकसेवा आयोगको विज्ञापन बिरुद्ध मसाल जुलुसमा जे देखियो (फोटो फिचर)

काठमाडौँ, २९ असार। लोकसेवा आयोगको कर्मचारी पदपूर्ती गर्ने एक विज्ञापनका विरुद्ध अाज काठमाडाैंमा विशाल मशाल जुलुस निकालिएकाे छ ।  

अायाेगकाे विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित रहेकाे भन्दै नेवाः संघर्ष समन्वय  समितिले काठमाडौँमा मशाल जुलुस निकालेकाे हाे । आयोगको विज्ञापन असमावेशी रहेको भन्दै आरक्षण सुनिश्चित सहितको विज्ञापनको पनि माग गरिएकाे छ ।समितिले अहिले निकालिएकाे लाेकसेवाकाे विज्ञापन खारेज गर्न माग गरेकाे छ । आइतबार नेवाः समन्वय संघर्ष समितिले काठमाडौँ प्रमुख बजार मानिने बांगेमुढा इद्रचाेक, मख्खन क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्याे । 

प्रहरीले मसाल जुलुसमा हस्तक्षेप गरेकाे थियाे । जुलुसमा हस्तक्षेप गर्दै नियन्त्रणमा लिइएका २ प्रदर्शनकारीलाइृ केहीबेरमा नै छाडिएकाे थियाे ।

यसैगरी लोकसेवा आयोगकाे विज्ञापनका विषयमा शनिबार विभिन्न आदिवासी जनजाति, विभिन्न नेवार समुदायबीच छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा नेवार समुदायका अग्रज डा. महेशमान श्रेष्ठ, नेवार जातीय छाता संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारका साथै विभिन्न जनजाति संघ सस्थाका नेताहरुले आआफ्नो विचार राखेका थिए ।

कार्यक्रम पश्चात नेवा दबुका अध्यक्ष ताम्राकारकाे संयाेजकत्वमा १०२ सदस्यीय समावेशी अान्दाेलनका निमित्त  नेवाः समन्वय संघर्ष समिति घोषणा गरिएकाे थियाे । 

लोकसेवा आयोगकाे विज्ञापन बिरुद्ध विभिन्न जनजाति संघ सस्थाले संयुक्त अायोजनामा देशभर मशाल जुलुस निकालेका हुन् । समितिले असार ३० गते सोमबार विभिन्न स्थानमा सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम राखेकाे छ । त्यसैगरी असार ३१ गते मंगलबार विभिन्न क्षेत्रम जुलुस प्रदशन गर्ने, साउन २ गते र १० गते नेपाल बन्द गर्ने कार्यक्रम पनि रहेको संघर्ष समितिका सदस्य राजाराम तन्डुकारले बताए ।

 

लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि एकैचोटी ९ हजार भन्दा बढी कर्मचारीका लागि विज्ञापन निकालेको थियो । त्यस लगत्तै उत्पीडित समुदायका संस्थाहरुले आन्दोलन सुरु गरेका थिए । 

‘असंवैधानिक विज्ञापन’ भन्दै उक्त विज्ञापन रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिए पनि सर्वोच्चले विज्ञापन रोक्न नहुने निर्णय गरेको थियो ।

आज लोक सेवा को विज्ञापन विरुद्ध मसाल जुलुसमा प्रहरी सँग भएको झगडा

Perspective Alter ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಜುಲೈ 14, 2019

 

लोकसेवा आयोगको कदम बिरुद्धको आन्दोलनमा प्रहरी हस्तक्षेप

लोकसेवा आयोगको कदम बिरुद्ध सरकार विरोधी चर्का नारावाजी सहित राजधानीमा प्रदर्शन #आन्दोलनमाप्रहरीहस्तक्षेप

Freepressnepal ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಜುಲೈ 14, 2019

Loading...