बाढीमा सेल्फी खिच्ने क्रममा बगेर बेपत्ता भएका किशोरको शव भेटियो

वीरगञ्ज, २९ असार । पर्साकाे विरगञ्जमा बाढीमा सेल्फी खिच्ने क्रममा बगेर वेपत्ता भएका एक युवककाे शव फेला परेकाे छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तजारथ टोलमा डेरामा बस्दै आएका रामनारायण पटेलका १५ वर्षीय छोरा अजुज पटेल सेल्फी खिच्ने क्रममा शनिबार बाढीमा बगेर बेपत्ता भएका थिए।

वीरगञ्जको सिर्सिया नदीमा सेल्फी खिच्ने क्रममा टोपी नदीमा खसेपछि टिप्न जाने क्रममा उनी बाढीमा बगेर बेपत्ता भएका आएको बाढी हेर्न गएका उनी बाढीमा बगेका थिए। प्रत्यक्षदर्शीले बताएका छन् ।

किशोरको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

योसँगै पर्सामा बाढीले २ जनाको ज्यान गएको छ। यसअघि गत शुक्रबार पर्सागढी नगरपालिकामा बाढीले बगाउँदा वडा नम्बर १ बस्ने मेघराज पटेलको १२ वर्षीय छोरा निखल पटेलको ज्यान गएको थियो।

Loading...