कप्तान पारसले गरे ट्वान्टी ट्वान्टीको उपाधि बाढी पहिरो पीडितमा समर्पित

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बाढी पहिरो पीडितहरुमा नेपालको उपाधि समर्पित गरेका छन् । आइतबार नेपालले ट्वान्टी ट्यान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित ६ विकेटले पराजित गरेको हो ।

जितपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले ट्वीटरमा एक पोस्ट लेख्दै यो उपाधि नेपालमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने र प्रभावित भएकाहरुमा समर्पित गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले राम्रो जित पाएका छौँ । सबैको ठूलो योगदान रह्यो । समर्थनका लागि तपाइँहरु सबैलाई धेरै धन्यबाद’ कप्तान खड्काले ट्वीटमार्फत भनेका छन्, ‘हाम्रो जित बाढी पहिरोमा ज्यान गुमाएकाहरु र त्यसबाट प्रभावितहरुमा समर्पित गर्दछौँ । जय नेपाल ।’

ट्वीटर सन्देशमा कप्तान खड्काले सबै टीमको मेहनतले आजको खेल जितेको तर नेपालमा भने बाढी पहिरोका कारण दुःख रहेको भन्दै त्यसप्रति आफ्नो उपाधि समर्पण गरेका हुन् । मलेसियाविरुद्ध दुई खेलको सिरिजमा २–० ले क्लिन स्विप गरेको नेपालका लागि यो उत्कृष्ट जित भएको पनि उनले बताएका छन् ।

मलेसियाविरुद्ध पहिलो खेल ७ विकेटले जितेको नेपालले दोस्रो खेल ६ रनले जितेको हो । मलेसियाबाट नेपाली टोली टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनल यात्राका लागि सिंगापुर जाने छ । ६ साउनदेखि सिंगापुरमा सुरु हुने प्रतियोगितामा नेपालसँगै सिंगापुर, मलेसिया, कुबेत र कतार छन् ।

यस्ताे छ कप्तान पारसकाे ट्वीट सन्देश

Loading...