खतरा बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी, २९ असार । पानीकाे वहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको अविरल वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएकाे छ ।

वहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले ब्यारेजका ५६ वटै ढाेका खाेलिएपछि अहिले नदीमा पानीको सतह केही कम भएको जानकारी दिए । काेशी नदीमामा अाज बिहानकाे पानीको बहाव ५ लाख १७ क्युसेक रहेकाे थियो । अहिले भने पानीको बहाव दुई लाख ९० हजार क्युसेक रहेको बताइएकाे छ ।

सबै ढोका खोलिएकाले नदीमा जलस्तर कम हुने अपेक्षा छ । तर वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ ।

Loading...