कुबेतमा आगलागी हुदा ३ नेपालीको ज्यान गयो

एजेन्सी । कुबेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ।

महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन। पहिचानको प्रयास भैरहेको दुताबासले जनाएको छ ।

उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बाक्लो उपस्थिति रहेको क्षेत्र हो।
घटनाको कुबेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...