‘रातो गलबन्दी’ को आयो फस्टलुक र शीर्ष गीत

काठमाडौं, २८ असार । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा केकी, कोशिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोविन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत विनोद खुम्बुले सृजेका हुन ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशयुक्त फिल्म भएको बताउँछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्यूसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्यूसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । रातो गलबन्दीको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

हेर्नुहोस् भिडियो

Loading...