सर्लाहीमा १६ सय घर डुवानमा १० हजार परिवार बिस्थापित : वागमतीले बाढ्यो राहत

सर्लाही, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि प्रभावित बनेको छ । वर्षाको कारण जिल्लाको दक्षिणी क्षेत्र बढी मात्रामा प्रभावित बनेको हो ।

वर्षाको कारण जिल्लामा १ हजार ६ सय भन्दा बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन ।

त्यस्तै वर्षाका कारण जिल्लाका १० हजार घरधुरी परिवार बिस्थापित हुनुपरेको बताइएको छ । बिस्थापित भएकाहरु केहि आफन्तकोमा आश्रय लिइ बसेका छन् भने केहिलाई सार्वजनिक भवनहरुमा बासको व्यवस्था मिलाइएको जानकारी प्राप्त भएको छ ।

वर्षाका कारण जिल्लाको सदरमुकाम मलंगवा,रामनगर ,धनकौल ,चक्रघट्टा ,कौडेना ,खुटौना ,लगायतका क्षेत्र बढी डुवानमा परेको र वर्षाबाट जनजीवन प्रभावित बनाएको छ । वर्षाले घरहरु भत्किनुका साथै डुवानमा परेपछि नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरी प्रभावित तथा जोखिम स्थानमा परिचालन गरि उद्दार गर्ने काम भै रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिए ।

त्यस्तै वर्षाका कारण घरहरु डुवानमा परेपछि उद्दार गर्न कौडेना पुगेका प्रहरी जवान राजेश पटेल घाईते भएको सर्लाही प्रहरीले जनाएको छ ।

वर्षाको कारण सडकहरु भत्किदा मानिसका साथै सवारी साधन आबतजावत गर्न गाह्रो भएको छ । बिधुत र टेलिफोनका साथै ईन्टरनेट अबरुद्द हुदा संचारकर्मीलाई समाचार संकलन गर्न समेत समस्या भएको छ ।

पानी पर्न कम नभएपछि सुरक्षा सतर्कता अपनाएको र बाढी जोखिम क्षेत्रमा नेपाली सेना प्रहरी लगायत परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै वर्षाले गर्दा हरिवन, लालबन्दी, ईश्वरपुर, बागमती ,बरहथवा, हरिपुर नगरपालिकाका विभिन्न स्थानमा घरहरु डुवानमा परेको र भत्किएर क्षति पुगेको स्थानीय निकायका जनप्रतिनिधिहरुले जानकारी गराएका छन् ।

पानी पर्न नरोकिएपछि बागमती, लखन्देही, बाके, झिम लगायतका नदी तटीय क्षेत्रमा सुरक्षा ब्यबस्थाका साथ सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए ।

यसैबिच बिगत केही बर्ष देखि सामाजिक तथा बिपतको बेलाामा राहतको काम गर्दै आएको हरिवनस्थित बागमती सेवा समाजले आज डुवान प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । समाजले सर्लाहीको बरहथवा नगरपालिकाको १३ नम्बर वडा अन्तर्गत सुन्दरपुर चोहर्बा र त्यसैगरी बसबरिया गाउँपालिकाको वडा नम्बर १ मानपुरमा रहेका १ सय ५० घरधुरी परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।

सस्थाका अध्यक्ष भरतकुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, सल्लाहकार नवराज भन्डारी, सस्थाका कर्मचारी किशोर शर्मा तथा संचारकर्मी सहितको टोली प्रभावित त्यस स्थानमा पुगी चिउरा ,दालमोट ,पानी ,त्रीपाल ,पलास्टिक ,चाउचाउ ,बिस्कुट चिनी लगायतका अत्यावस्यक सामाग्री बितरण गरेको सस्थाका प्राविधिक सल्लाहकार गजेन्द्र साहले जानकारी गराए ।

ओक्सफाम ,सेफ द चिल्ड्रेन ,आड्रा नेपाल लगायतको सहयोगमा बिपत लगायतको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाजले यतिबेला भने आन्तरिक बिपत ब्यबस्थापन कोषबाट राहत सामाग्री बितरण गरेको जनाएको छ ।

Loading...