एकै परिवारका ३ जनालाई पहिरोले पुर्यो

खोटाङ, २७ असार । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् ।

लगातारको बर्साका कारण शुक्रबार बिहान खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पहिराले परिएर राईकी श्रीमती २८ वर्षका रेखा राई ४ वर्षका छोरा रोमन र ७ महिनाका छोरा रोहन राई बेपत्ता भएका हुन् ।

स्थानीय र प्रहरीको उपस्थितिमा खोजी कार्य जारी भए पनि पत्ता लगाउन नसकिएको प्रहरीले जानकरि दिएको छ । घाइते विष्णुको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Loading...