“सम्पूर्ण योग” सार्वजनिक

भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

उक्त अवसरमा वक्ताहरुले विमोचित पुस्तक योग गर्नेहरुका लागि राम्रो खुराक भएको र शब्द र चित्रले योग योग सिक्न समेत उपयोगी भएको भनेका थिए ।

कार्यक्रमममा पुस्तकका लेखक योगी राजनले आफ्नो साढे २ वर्षको अध्ययन, अनुसन्धान र १८ वर्ष लामो अनुभवलाई समेटेर आफूले पुस्तक तयार पारेको प्रष्ट पारे । उनले २ सय १० पृष्ठ लामो सचित्र यस पुस्तक बिक्रीबाट संकलित रकम मध्ये २५ प्रतिशत रकम गरीब विद्यार्थीहरुको पोशाक वितरणमा खर्च गरिने उनले उद्घोष गरे ।

Loading...