एकाबिहानै कार्यक्रममा बोलाएर मन्त्री पण्डितमाथि दुव्र्यहार, अंगरक्षकले जोगाएर मन्त्रीलाई लिए कार्यक्रमबाट

ललितपुर, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि एक सार्वजनिक कार्यक्रमस्थलमै दुव्र्यवहार भएको छ । आफूमाथि दुर्व्यवहार भएपछि मन्त्री पण्डित कार्यक्रम छोडेर निस्किएका छन् ।

मन्त्री पण्डितमाथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा यस्तो दुव्र्यवहार भएको हो । ललितपुरको जावलाखेल आयोजित बैठकमा बोलाइएका पण्डितमाथि कार्यक्रमस्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले दुर्व्यवहार गरेको बताइएको छ ।

मन्त्री पण्डितलाई लोकसेवा आयोगको विज्ञापनका विषयमा विद्यार्थीहरुले नारावाजी गर्दै दुव्र्यवहार गरेको बताइएको छ । विद्यार्थीहरुको लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै उनकै अगाडि पुगेर कालो झण्डा देखाएका थिए।

विद्यार्थीहरुले मन्त्रीमाथि दुव्र्यवहार गर्न खोजीपछि उनका अंगरक्षकले उनलाई जोगाएर मन्त्री क्वाटरमा लगेको प्रत्यक्षदर्शी एक सहभागीले जानकारी दिए । अहिले उक्त बैठक नै स्थगित भएको छ ।

Loading...