ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका संग्रौला चुनिए अध्यक्ष

काठमाडौँ । एसियन एसोसियशन अफ ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलन तथा साधरणसभा सम्पन्न भएको छ । बुधरबार र बिहीबार धुलिखेलमा चलेको सम्मेलनले प्राध्यापक डा. युवराज संग्रौलाको नेतृत्वमा १५ सदस्यी नयाँ कार्यसमित चयन गरेको छ ।

एसियाली मुलुकहरुमा कानुनको विषयमा अनुसन्धान र अध्ययनलाई फराकिलो पार्दै यस क्षेत्रका देशका सर्वोच्च अदालतले गरेका फैसलाहरुको अनुवाद तथा तुलनात्मक अध्ययन गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो।

संस्थाको दुई जना उपाध्यक्षमा चीनका प्राध्यापक डा. लियु जुनरंग भारतका प्राध्यापक डा. कनवाल डि.पी. सिंह निर्वाचित भएका छन् । प्राध्यापक जुनरंग ट्रान्स हिमालयन स्टडी सेन्टर भहसान युनिर्भसिटी सीचुवानका निर्देशक हुने भने, प्राध्याक कनवाल गुरु भावीन्द इन्द्रप्रस्थ विश्वविद्यालयका ल स्कुलकी डिन हुन् ।

संस्थाको कार्यकारी सल्लाहाकारमा बंगलादेशका प्रा मीजानुर रहमान निर्वाचित भएका छन्। उनी ढाका विश्वविद्यालयको प्राध्यापक तथा बंगलादेश राष्ट्रिय मावन अधिकार आयोगका पूर्व अध्यक्ष हुन् ।

महासचिवमा प्राध्यापक उपमा गौतम(भारत) निर्वाचित भएका छन् । त्यस्तै चीनबाट एक जना सदस्य, भीयतनाम, पाकिस्तान, सदस्य कार्य समितिमा चयन गरिएको छ ।

सदस्य देशबीच एक अर्काका कानुनहरुको तुलनात्मक अध्ययन गर्ने र अन्तराष्ट्रिय कानुनको विकासमा एसियाको भूमिका शसक्त बनाउने निर्णय भएको नव निर्वाचित अध्यक्ष संग्रौलाले जानकारी दिए। सम्मेलनमा ४१ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

जलवायु परिवर्नतन, बेल्ट एण्ड रोड इनीसिएटिभ, मानव अधिकार, अन्तराष्ट्रिय कानुन र संविधान सम्बन्धी विषयमा कार्यपत्रहरु केन्द्रित थिए ।

सम्मेलनमा एसियाली देशका एक सय २६ जना प्रतिनिधि, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, एवं विज्ञहरु सहभागी थिए।
संस्थाको अर्को सम्मेलन आगामी वर्ष जुलाइमा गर्ने निर्णय भएको छ ।

यसमा हाल ६२ वटा विश्वविद्यालयहरु आबद्ध छन् । नेपालबाट काठमाडौँ स्कुल अफ ल, बंगलादेशको ढाका विश्वविद्यालय, पास्तिानको पास्तिान इन्स्टीच्युट अफ पीस, भारतको गुरु गोविन्द इन्द्रप्रस्थ विश्वविद्यालको स्कुल अझ ल एण्ड लिगल स्टडिज र चीनका पनि विश्वविद्यालय आबद्ध छन्।

Loading...