छविले माफी माग्दै लिखित कागज गरेपछि नायिका शिल्पा र ओझाको विवाद मिल्यो

काठमाडौं । पति छवि ओझाले आफूमाथि भौतिक रुपमा आक्रामण गर्ने गरेको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी नायिका शिल्पा पोखरेल र पति ओझाबीच प्रहरीले सहमति गराएको छ ।

चार वटा विवाह गरिसकेका फिल्म निर्माता छवि ओझाले शिल्पासँग माफी मागेपछि दुई जनाबीचको विवाद मिलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनीहरुबीच सहमति भएको हो ।

प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि ओझाले लिखित कागजमै अब त्यस्तो नगर्ने भन्दै हस्ताक्षर गरेका छन् । काठमाडौ प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले ओझाले अब शिल्पाको सुरक्षामा आँच नपुर्याउने भनेर लिखित सम्झौता गरेको बताए ।

शिल्पाले आफ्नो उजुरीमा आफू छविबाट निकै असुरक्षित भएको र घरेलु हिंसाको शिकार भएको भन्दै डिभोर्सको माग समेत गरेकी थिइन । नायिका शिल्पा पोखरेलसँग ओझाको चौथो विवाह हो । शिल्पा र ओझाको २०७३ सालको दशैंमा विवाह भएको थियो ।

Loading...