संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका बिषयमा अन्तरक्रिया

 

आषाढ २६ ,काठमाडौँ । नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा बुधबार संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्येक्रम भएको छ ।

कर्येक्रमका प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्र सिंह तामाङले नेपाल देश नै समग्रतामा भौगोलिक विविधता र सॉस्कृतिक विविधताले भरिएको कारण विदेश बाट आउने पर्यटकतले नेपालको भौतिक विकास मात्र नभई जीवन्त संस्कृति, रहन सहन हेर्नकै लागि आउने गरेको बताउनुभयो ।

कान्तिपुर दैनिक पत्रिकाका सम्वाददाता प्रशान्त मालींले सँस्कृति ,सम्पदामा संचारार क्षेत्रमा आफ्नो भूमिका बारे तथा अनुभव बताउनु भयो । यसैगरि नेपालभाषा टाईम्सका सम्पादक सुरेशकिरण मानन्धरले आफ़ो भनाइ अनुभव राख्दै नेपालमण्डलको उत्पत्ति संगै जोडिएको तिब्बती धार्मिक पर्येतक मह मन्जुश्रीको सम्बन्ध बारे प्रकाश पर्नु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जले स्वागत मन्तव्य राख्दै सञ्चार माध्यम समाजका सबै पक्षसंग सम्बन्ध नजिक रहने बताउनु भयो ।

कार्येक्रममा ललितपुर १६ नम्बर वडाध्यक्ष निर्मलरत्न शाक्य, २१ नं वडाध्यक्ष रविन्द्र महर्जन, साम्राज्य देव श्रेष्ठ, विश्वास बज्राचार्य, दिलेन्द्र राज श्रेष्ठ लगाएतले बिषय केन्द्रित आआफ्नो विचार राख्नु भयो । कार्येक्रम पत्रकार दबूक केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतिवोमा सम्पन्न भएको हो ।

Loading...