अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक, उच्च सर्तकता अपनाउन विभागको आग्रह 

काठमाडौं २६ असार । अहिले मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने मौसम विभागले जनाएको छ ।

बिहीबार देशभरको मौसम परिवर्तन भएको छ । देशका पूर्व–पश्चिमका धेरैजसो भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम बदली भइ अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ।

दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षाको सम्भावना छ। पश्चिमका एक –दुई स्थान, मध्य र पुर्वी क्षेत्रका एक –दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टासम्म मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने देखिन्छ। जसले गर्दा यी स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम सक्रिय भएर देशभर पानी पर्ने भएकाले नदीहरुमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ। पश्चिमी भेगका एक – दुई स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा रहेका नदी तथा खोलाहरुमा पानीको स्तर बढ्ने भएकाले यी क्षेत्रका स्थानीय बासीन्दालाई उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

Loading...