लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन

काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत  दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाहरु पूर्वनिर्धारित मिति र समयमा सञ्चालन हुने बताएको छ ।

सो सम्बन्धी परीक्षा केन्द्रहरुको जानकारी आयोगको वेभसाइट मार्फत सार्वजनिक गरिरहेको छ । परीक्षा हुनुभन्दा कम्तीमा एक दिन अगावै उम्मेदवारले आफनो परीक्षा केन्द्र एकिन गर्नुका साथै उम्मेदवारहरुले आफनो परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनु भन्दा एक घण्टा अगावै पुगी कोठा समेत एकिन गर्नुपर्ने बताएको छ।

Loading...