प्रहरी हिरासतबाट भागेका कैदी पुन: पक्राउ

ललितपुर, २६ असार । ललितपुर भैंसेपाटीस्थित प्रहरी प्रभागकाे हिरासतबाट गत साेमबार भागेका दुई बन्दी पुन: पक्राउ परेका छन्।उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ

हिरासतबाट भागेका तीनमध्ये रुद्र श्रेष्ठ र शमशेर माझी पक्राउ परेका महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट सोमबार राति यी दुई सहित अर्का कैदी रविकुमार तिमल्सिना फरार भएका थिए। उनीहरु ग्रिल उप्काएर भागेको प्रहरीले जनाएको जनाएको थियो ।

दुईजना बुधबार पक्राउ परेपनि तिमिल्सिना अझै फरार छन्। उनकाे ब्यापक खाेजी भइरहेकाे प्रहरीले जानकारी दिएको छ।  कैदी जेल तोडेर भागेको विषयलाइ प्रहरीले गम्भीर रुपमा लिदै छानबिन गरिरहेको छ। सो स्थानमा परिचालित प्रहरीलाई प्रभागमा तानेर अनुसन्धान भैरहेको छ । हिरासतबाट बन्दी भागेकाे घटना छानबिनका लागि एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा समिति गठन गरिएको छ।

फरार तीन थुनुवामा आज पक्राउ परेका दुई जना डाँका र अर्का एक जना लागुऔषध मुद्दाका अभियुक्त हुन्।

Loading...