नायिका शिल्पा पोखरेलले हालिन पति छवि विरुद्ध घरेलु हिंसाको मुद्दा

काठमाडौं, २५ असार । नायिका शिल्पा पोखरेलले निर्देशक एवं पति छवि ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्।

महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा उनले शान्ति, सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्। यो जोडीले २०७३ सालमा गुपचुपरुपमा बिहे गरेको थियो। त्यसपछि दुवैले सम्बन्ध राम्रो रहेको सार्वजनिक रुपमै बताउँदै आएका थिए। एकाएक शिल्पाले छविविरुद्ध उजुरी दिएपछि यसले नयाँ तरंग ल्याइदिएको छ।

परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाले उजुरी दिएपछि मंगलबार दुई पक्षबीच सहमतिको प्रयासस्वरुप छलफल भएको थियो। सहमति भने जुट्न सकेन। शिल्पाजीले आफू असुरक्षित रहेको भन्दै उजुरी दिएको डिएसपी बाेगटीले बताए । बुधबार छविले अाफ्नाे स्वास्थ्य अवस्था ठिक नभएको भन्दै छलफलमा नअाएकाे पनि उनले जानकारी दिए । स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स गर्न खोजेकी छन । 

शिल्पाले ‘हवल्दार सुन्तली’, ‘लज्जा’, ‘आगो’, ‘मंगलम्’मा अभिनय गरेकी छिन्। उनलाई छविले नै नायिका बनाएका हुन्। श्रीमतीसँग गर्ने व्यवहारलाई लिएर छविको पृष्ठभूमि गडबड छ। शिल्पा उनकी चौथी श्रीमती हुन्।

Loading...