भारत गएको छोरो नेपाल केटी भएर फर्किएपछि परिवारमा रुवावास…

लिङग परिवर्तन गराईदिने भारतीयलाई कारबाही गराउन काठमाडौंमा सुरेन्द्र

काठमाडौं, २४ असार । कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका माल परिवारमा यतिबेला रुवावासी छ । पैसा कमाउने र पढ्ने भनेर भारत गएका माल परिवारका छोरा घरमा आउँदा केटी बनेर फर्केपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका छन् ।

दोमिल्लाका सुरेन्द्र सिंह माल कक्षा १२ को पढाइ सकेर पाँच वर्ष अघि भारत हान्निएका थिए । १८ वर्षको उमेर हुँदा भारत गएका सुरेन्द्रलाई भारतको एक गिरोहले जवरजस्त अपहरण गरी लिंग परिवर्तन गरी उनलाई धेरै वर्षसम्म श्रम शोषण गरेर राखेको थियो । उनी त्यो पञ्जाबाट पाँच वर्षपछि फत्केर घर आइपुग्दा उनको परिवारसँगै गाउँ नै अचम्मित भएको छ ।

आफूलाई जवरजस्त लिंग परिवर्तन गराउने भारतीय गिरोहका एक नाइकेलाई कारवाही गराउन भन्दै तिनै सुरेन्द्र काठमाडौं आइपुगेका छन् । कञ्चनपुरबाट आफ्ना वावुसँगै काठमाडौं आइपुगेका सुरेन्दले मंगलबार मंगलवार रिपोटर्स क्लबमा पत्रकारहरु समक्ष आफ्नो सबै घटना सुनाए । उनले आफ्ना बुवासँगै आएको र आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारे ।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ । उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाए । उनले घट्ना स्मरण गर्दैै भनिन्, ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।’

एक÷दुई दिन आफुलाई कुनै काम नलगाएको तर एक दिन पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको उनले बताए । त्यसपछि होसमा आउँदा उनले आफूलाई कुनै अस्पतालको वेडमा पाए । तर होसमा आए लगत्तै फेरि उनीहरुले सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाई छ ।

आफुलाई चार÷पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको सुनाए । उनले थपे, ‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’

आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाईन् । आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्माेन’ विकास भएको उनले स्पष्ट पारे ।

आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताए । आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफुलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ ।

उनी अहिले आफूलाई महिला जस्तै ठान्छिन । आफ्नो शरिर सबै महिलाको जस्तै गरी बनेको तर आफ्नो विगतको याद भने सबै केटाको भएकोले आफूले अप्ठेरो महशुस गरेको उनले बताए । १२ कक्षासम्म पढेका साथीहरुसँग, परिवारका सदस्य र आफन्तहरुसँग आफूलाई मुख देखाउन लाज लाग्ने गरेको उनी बताउँछन । यसले उनी गाउँमा बस्नै नसकिने अवस्था आएको बताउँछन ।

अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जनाए् । उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाए ।

उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आए पनि आफु पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि बताए । उनले भने, ‘मलाई नपुसक बनाईयो । मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन । परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो ।’

आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पु¥याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरे ।

आफुलाई परेको गम्भीर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफु मिडियामा उनको भनाई छ । मालले भने, ‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ।’

‘मलाई बाच्न शक्तिको आवश्यकत्ता छ । सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’–उनले विलौना गरे ।

‘अब मेरो परिवार छैन । मैले सन्तान जन्माउन सक्दिन । न त केटानै बन्न सक्छु । पिसाव गर्दा पहिला राम्रैसँग भए पनि अहिले आएर लुगा भिज्ने गरी छरिने र राम्रोसँग नहुने जस्ता समस्या देखिँदै आएका छन्’–उनले दुःखेसो पोखे ।

अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्था पनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पूनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ ।

‘म पनि मानिस हुँ । मेरो पनि बाँच्ने रहर छ । तर, सरकारले कानून नै छैन भन्ने गरेको छ । अब यस्तो बिषयमा म के गरेर जीवन बिताउने ?’–उनले प्रश्न गरे ।

काठमाडौमा आफु न्याय माग्नको लागि आएको उनले सुनाईन । उनले थपे,‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनुपर्यो ।’

उनले काठमाडौंमा आफूलाई ‘न्यू संखुवासभा गेस्ट हाउस’ ले खाने र बस्ने व्यवस्था गरिदिएको जनाए । उनले भने, ‘अहिलेसम्म त यो गेष्टहाउले मलाई खाने बस्ने व्यवस्था गरिदिएको छ, अब आउने दिनमा के गर्ने र कता जाने ? भन्नेबारे मसँग कुनै आधार छैन् ।’

उक्त गेस्टहाउसका मालिक टंकलाई धन्यवाद दिँदै सरकारले पनि आफुमा कुनैै गुण लगाए बाँच्ने आशा पलाउने थियो भन्ने उनको भनाई थियो । गाँउमा आफ्न्तले छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें भन्दै मजाक उडाउने गरेको कारण आफुलाई गाउँ फर्कन मन नभएको उनले पीडा पोखे ।

करिव चार वर्षसम्म आफुले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरे ।

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ । उनले भने, ‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो ।’

आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ ।

‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेको छु । म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन । अब मैले कसरी जीवन बिताउने ? मेरो आधार भन्ने केही छैन ?’–उनको भनाई छ । ‘सरकार म बाँच्न चाहान्छु । मलाई केहि गरेर खाने वातावरण बनाई दियोस ’उनको भनाई रहेको छ ।

Loading...