बृन्दावन रिसोर्टमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने को हुन ८ भिआइपी !

ललितपुर, २४ असार । ललितपुरको बृन्दावन रिसोर्टबाट ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका वार्ड नं. ३ बाडेगाउँमा रहेको बृन्दावन रिसोर्टबाट प्रहरीले ८ जना जुवाडेलाई जुवा खेल्दाखेल्दै पक्राउ गरेको हो ।

प्रहरीले बृन्द्रावन रिसोर्टमा जुवा खेलिरहेका उनीहरुबाट १० लाख ८४ हजार नौ सय ८७ रुपैयाँ र १६ थान तास बरामद गरेको जानकारी दिएको छ ।

सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरु काे हुन भन्ने बारेमा प्रहरीले जानकारी दिएकाे छैन । 

Loading...