एस स्कूलका विद्यार्थीले मार्केटिङ प्रतियोगितामा प्रथम भइ पाए अढाइ लाख

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको छ ।

अहिलेका युवा विद्यार्थीहरुको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम भइ एस इन्टरनेशनल विजनेस स्कूलले २ लाख ५० हजार नगद पुरस्कार समेत जितेको छ । ३७ दिनसम्म चलेको यो प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट गरी २० वटा स्कूलले भाग लिएका थिए । ती मध्ये एस इन्टरनेशनल बिजनेस स्कूलले उत्कृष्ट रणनीति प्रस्तुत गरेर प्रथम हुन सफल भएको हो ।

त्यस्तैगरी प्रतियोगितामा जेनिथ इन्टरनेशनल कलेज दोस्रो र नेपाल कमर्स क्याम्पसले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो भएको जेनिथ इन्टरनेशल कलेजले १ लाख नगद र तेस्रो हुने नेपाल कमर्स क्याम्पसले ७५ हजार नगद पुरस्कार जितेका छन् । दिलिप अग्रवाल, बिन्दुनाथ लोहनी र प्रदीप राज पाण्डे रहेको निर्णायक मण्डलले उनीहरुको प्रस्तुतिको मुल्यांकन गरेको थियो ।

प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका गरी २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए । वल्डलिंकले सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्घिका बारे गहन अन्तरक्रिया गराएको थियो । वल्र्ड लिंकले सहभागी विद्यार्थीहरुले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरु मार्पmत् आपूmमा प्रेरणा जागृत गराउने अवसर पाएको जनाएको छ ।

प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुको टिमलाई गाइड गर्नका लागि गाइड निर्देशक पनि राखिनुका साथै उनीहरुलाई यस क्षेत्रका बारेमा विभिन्न ज्ञान दिइएको थियो । जसमा विभिन्न विज्ञहरुले सहजीकरण गरेका थिए ।

प्रतियोगीहरुले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरुको भ्रमण गरेका थिए । उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो । यस प्रतियोगितामार्पmत् विद्यार्थीहरुले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरुबाट रणनीतिहरु निर्माण गर्न सक्षम भएको प्रतिक्रिया दिएका थिए ।

कूल ३७ दिनसम्म चलेको प्रतियोगिताबाट ८ कलेजलाई उत्कृष्ट चयन गरिएको थियो । प्रतियोगिताको फाइनल चरणको कार्यक्रम आइतबार ललितपुरको होटल हिमालयनमा सम्पन्न गरिएको हो ।

 

Loading...