विदेशी लगानीका ३ सहित १६ बैंक मर्जरमा जाने ९ सुचीसहित

मर्जरको लागि १६ वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन। आइतबार साँझ सम्म १६ वाणिज्य बैंक १ विकास बैंक र सम्पुर्ण लघुवित्तहरुले मर्जरमा जाने लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन। यस्तै जनता बैंक र ग्लोबल आइएमई बैंकले गत शुक्रबार मर्जरमा जाने सम्झौता गरेका छन् । शुक्रबार प्राइम कमसिएल बैंकले कैलाश विकास बैंक र आइतबार मात्र सिटिजन बैंकले सहयोगी विकास बैंकलाई एक्ववयर गर्ने सम्झौता गरेको छ ।

राष्ट्र बैंकले केही दिन अगाडी बैंकका सञ्चालक र सिइओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरको लागि पार्टनर खोज्न र लिखित प्रतिवद्धता सहीत उपस्थीत हुन निर्देशन दिएको थियो। सोही बमोजिम वाािण्ज्य बैंकहरुमा ५० प्रतिशत भन्दा माथि विदेशीको शेयर रहेको नेपाल एसविआइ बैंक, संयुक्त लगानी कै एनएमबी र हिमालयन बैंक मर्जमा जान तयार रहेको भन्दै लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सेञ्चुरी कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसिसि बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनआइसी एशिया बैंक, र ग्लोबल आइएमई बैंकले पनि राष्ट्र बैंक समक्ष मर्जरमा जाने लिखित प्रतिवद्धता बुझाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकलाई मर्जरमा जान लिखित प्रतिवद्धता बुझाएको छ ।

मौद्रिक नीतिबाट लघुवित्तलाई पनि मर्जमा लैजाने तयारी गरेको राष्ट्र बैंकमा लघुवित्त बैकर्स एसिसिएसनले पनि सम्पुर्ण लघुवित्तहरु मर्जमा जान तयार रहेको आशय सहीतको लिखित प्रतिवद्धता आएको राष्ट्र बैंकका प्रवक्ताले जानकारी दिए । बैंकहरुले मर्जर कमिट गठन गरेर मर्जरको छलफल चलाइरहेको र आफुहरु मर्जमा जान तयार रहेको आशय सहीत प्रतिवद्धता पत्र बुझाएको प्रवक्ता निरौलाले बिजपाटीलाई जानकारी दिए ।

अन्य बैंकहरुले पनि मर्जर कमिटि गठन गरिरहेकोले केही दिनमा प्रतिबद्दता आउने विश्वास राष्ट्र बैंकले लिएको उनले बताए । राष्ट्र बैंकको निर्देशनसँगै अधिकांश बैंकहरुले मर्जर कमीटी गठन गरेर मर्जको छलफले चलाइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिबाट लिने निर्णयको आधारमा कस्तो रणनीति लिएर अगाडी बढ्ने एकिन हुने बैंकका सञ्चालकहरुले बताइरहेका छन् । राष्ट्र बैंक यहि साता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीतिको लागि केन्द्रिय बैंकले सोमबार राजधानीको पाँच तारे होटलमा सरोकारवालासँग छलफको आयोजना गरेको छ ।

Loading...