काठमाडौंमा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’

काठमाडौं, २३ असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री बर्षमान पुनले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त जानकारी दिएका हुन्।

सांसदहरुको प्रश्नको जवाफ दिँदे उनले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसिकिएको बताए । ‘काठमाडौँंको उत्तरी क्षेत्र र मध्य क्षेत्रमा बिजुलीको तार अन्डरग्राउन्डको काम थालिसकेका छौँ’, उनले भने, ‘काठमाडौँमा तार व्यवस्थापन अब तीव्र गतिमा अघि बढ्छ।

सहरको सुन्दरता फर्काउन हामीले काम थालिसकेका छौँ।’ मन्त्री पुनले देशका अन्य मुख्य सहरमा पनि तार अन्डरग्राउन्ड थालिने बताए । त्यसका लागि आवश्यक प्राविधिक सर्भेसहितका कामलाई तीव्र पारिएको जानकारी पुनले राष्ट्रिय सभामा दिएका छन्।

Loading...