१३औं सागको विशेष प्रशिक्षणमा बक्सिङ खेलाडी थाईल्याण्ड प्रस्थान

असार २३ ,काठमाडौँ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमवार थाइल्याण्ड प्रस्थान गरेको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले आईतवार खेलाडी तथा प्रशिक्षकलाई शुभकामना सहित बिदाई गरेका थिए । थाइल्याण्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी रहेका छन् । महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छन् ।
आठौँं राष्ट्रिय खेलमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुश्मा तामाङ्गको प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोश्रो स्थान प्राप्त गर्ने खेलाडी । ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छन् । तर सुश्मा पनि प्रशिक्षणका लागि थाईल्याण्ड जाने टोलीमा सामेल भएकी छिन । 


त्यसैगरी महिला ५१ के.जि. तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी विमला श्रेष्ठ आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसक्ने जानकारी आएको कारण दोश्रो हुने खेलाडी माला राईलाई अवसर मिलेको छ । पुरुष ६० केजी तौल समुहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम हुन प्रकाश इजम लिम्वु र दोश्रो भएका एकवहादुर घले आफ्नो कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागिता हुन नसक्ने जानकारी गराए पछि छनोट खेलमार्फत सनिल साही छनोट भई टिममा पर्न सफलभए हुन । पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत (माक्स) आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा जाननसक्ने भनि निवेदन दिएकाले दोश्रो हुने खेलाडी गणेश प्रधानलाई टिम प्रशिक्षणमा सहभागिता गराईएको संघले जनाएको छ ।
टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवाल सहित
१७ जनाको टोलीलाई सोमबार त्रिभुन अन्तरराष्ट्रिय बिमान स्थालामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ्ग संगका सदस्य पुस्कर पन्त, श्याम अवाले , राष्ट्रिय खेलकुद परिषदका टीम नेर्देशक महेन्द्र राई लगायतले विदाई गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका खेलाडीलाई हाल बन्द प्रशिक्षणमा राखेर तालिम दिई रहेको छ । नेपाली बक्सिङ टोलीले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण लिए पश्चात जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्याण्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिने छ ।
त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३ औं प्रेसिडेन्ट अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ ।
नेपाली टोलीलाई ललिपुर जिल्ला बक्सिङ संघको अध्यक्ष महेश सिंहले ट्रयाक सुट प्रायोजन गरेका थिए । नेपाली टोली भदौ १२ गतेसम्म थाइल्याण्डमा रहने छ ।

Loading...