एसइइ पूरक परीक्षाको समय तालिका परिवर्तन, परीक्षा भदौ १ मा हुने(समय तालिका सहित)

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन गरेको छ । यस अघि साउन २६ र २७ लाई तय गरिएको पुरक परीक्षा सरेर अब भदौ १ मा हुने भएको छ ।

त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मनत्रालयको असार २० गतेको पत्रका आधारमा परक परीक्षाको मिति सारिएको बोर्डले जनाएको छ ।

२०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

 बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ।

Loading...