दुई दिदीबहिनीको डुबेर मृत्यु

लहान,२१ असार । सिरहामा दुई दिदीबहिनीको डुबेर मृत्यु भएको छ । लक्ष्मीपुर गाउँपालिका–४ स्थित पानी पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको हो ।

स्थानीय नथु कुमार यादवका दुई छोरीहरुको पोखरीमा डुब्दा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । छ वर्षीया लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझपोखरीमा डुबेर एकै परिवारका दुई दिदीबहिनीको मृत्यु भएपछि गाँउमा शोक छाएको छ ।उनीहरु खेल्ने क्रममा पोखरीमा पसेका हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...