चावहिलको ग्याङफाइटमा संलग्न ४ पक्राउ


काठमाडौं । चाबहिलमा दुईदिन अगाडि भएको ग्याङफाइटमा संलग्न ४ जना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो प्रहरीले अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राईलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

दुई दिनअघि भएको ग्याङफाइटमा छुरा प्रहार हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेन्टिलेटरमा उपचाररत बानियाँँको पेटमा छुरी प्रहार भएको थियो । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रहरीका अनुसार चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको थियो ।

Loading...