५० लाख पुरस्कारको कमेडी च्याम्पियन शो हुने

काठमाडौं । भारतीय कमेडी शो हेर्दै आएका दर्शकले अब नेपालमै ‘कमेडी च्याम्पिएन’ हेर्न पाउने भएका छन् । गाइजात्राको छेको पारेर आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइएको हो ।

प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकका रुपमा रहनेछन् । कमेडी विधालाई प्रतियोगिताका रुपमा प्रस्तुत गर्न लागिएको प्रतियोगितामा भाग लिन चाहनेले ‘कमेडी च्याम्पियन’को एप्स डाउनलोड गरी ३ मिनेटको भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ ।

आयोजकले ती भिडियोलाई हेरेर उत्कृष्ट चयन गरेकालाई अडिसनमा लिइनेछ । विभिन्न शहरमा अडिसन गराइनेछ । यसरी अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतारिने जनाइएको छ ।

उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने जनाइएको छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

कार्यक्रमको होस्ट रीमा विश्वकर्माले गर्ने तय भएको छ ।

Loading...