स्कुटर चोरी गर्दागर्दै तीन पक्राउ

काठमाडौ, १९ असार । स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । विहीवार उनीहरूलाई प्रहरीले चोरी गरिरहेकै अवस्थामा पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाट बा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्  ।

प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम, ईलाम नगरपालिका-४ घर भएका २३ वर्षीय अरुण श्रेष्ठ, काठमाडौं नयाँबानेश्वर बस्ने संखुवासभा खाँदबारी नगरपालिका-१२ घर भएका धिरेन कटुवाल र काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २१ वर्षीय अनुप तिवारी रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्रि आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...