पूर्व प्रहरी महानिरिक्षक ठकुरीद्वारा सर्वोच्च अदालत समक्ष आत्मसमर्पण

काठमाडौं । सुडान घोटाला काण्डमा दोषि ठहर पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदालतसामु आत्मसमर्पण गरेका छन् । सुडान घोटालामा दोषि ठहर ठकुरी फरार रहँदै आएका थिए । बिहीवार ठकुरी सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन् ।

चर्चित सुडान घोटाला काण्डमा ठकुरी भ्रष्टाचारी करार भएका थिए ।सर्वोच्च अदालतले दोषी करार गर्दै सजायको फैसला गरेता पनि उनी २ वर्ष देखि फरार थिए ।

सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सहित चार जनालाई २ वर्ष अघि नै जेल चलान गरिसकिएको छ ।

सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै ती उच्चपदस्थ पूर्वप्रहरी अधिकृतहरूलाई जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङ्देन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई जेल चलान गरिएको थियो ।
सर्वाेच्चले पूर्वआईजीपीहरु राणा, रमेश चन्द ठकुरी र गुरुङलाई दोषी ठहर गरेको थियो । राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना त्यसैगरी ठकुरी र गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो ।

२ वर्षदेखि फरार रहेका ठकुरीले बिहीवार सर्वोच्च अदालत समक्ष आत्मसर्पण गरेपछि उनलाई कारागार चलान गरिदैछ ।

Loading...