फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा एकाएक आएको समस्या ८ घण्टा लगाएर समाधान

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ ।

यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएका थिए । राम्ररी फोटो खुल्नसमेत समस्या देखिएका थिए ।  विहीवार फेसबुकले हिजो देखिएका सबै समस्या समाधान भइसकेका जनाएको छ । यी सञ्जालहरुमा बुधवार फोटो र भिडियोमा मुख्य समस्या देखिएका थिए ।

फेसबुकमा वेवसाइट र एप दुबैको न्युजफिडमा फोटो अपलोड नै भएका थिएनन् भने इस्टाग्राममा पनि यस्तै खाले समस्या दिएको थियो । वाट्सएपमा पनि मानिसहरुलाई फोटो र भिडियो पठाउन र त्यसलाई डाउनलोड गर्न समस्या आएको थियो ।

आठ घण्टासम्म समस्या

केही प्रयोगकर्ताहरुका अनुसार बुधवार केही घण्टा फेसबुकमा केही फोटो, भिडियो वा अन्य डाटाको एप या वेवसाइटमा सबै फिचरमा एक्सेस पाइएको थिएन ।
यसैगरी इन्स्टाग्राम मा पनि स्टोरिजहरु हेर्नमा समस्या आएको थियो भने केही फोटो लोड हुन सकेका थिए ।

फेसबुकले तुरुन्तै ट्वीट गर्दै फेसबुकमा आएको समस्या पहिचान भएको र त्यसको समाधान भइरहेको जनाएको थियो ।

फेसबुक तथा इन्स्टाग्राममा फोटो अवलोड गर्दा केही अपलोड भएका थिए भने केहीमा खाली देखाएको थियो । केही मानिसहरुमा फेसबुक म्यासेन्जरमा म्यासेज हेर्नै समस्या देखिएको थियो ।

तर, ८ घण्टापछि नेपाली समय अनुसार बिहान ५ बजेर २१ मिनेट जाँदा फेसबुकले ट्वीट गर्दै फेसबुकको एप र वेवसाइटमा आएको समस्या समाधान गरिएको जनाएको थियो ।

फेसबुकले लेखेको थियो, “केही मानिस तथा व्यवसायलाई हाम्रो एप्स तथा प्लेटफर्ममा फोटो, भिडियो तथा अन्य फाइलहरु पठाउन समस्या आएको थियो । यस समस्या समाधान गरिएको छ । हामी कुनैपनि खाले असुविधाका लागि खेद प्रकट गर्दछौं ।”

गएको एक वर्षमा कैयौं पटक फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्स्एपमा यस्ता समस्या आएका छन् । एप्स तथा वेवसाइटमा प्राविधिक कारणले समस्या आउनु सामान्य हो तथा यस्तो समस्या यतिबेला आउने गर्छ जतिबेला धेरै प्रयोगकर्ताहरुले यसको प्रयोग गरिरहेका हुन्छन् ।

Loading...