सुपा देउरालीमा जीप दुर्घटना, ३ को मृत्यु ६ घाइते

अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।

कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएकाे छ।

बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सड्कको उकालोमा लु १ ज १३२९ नम्बरको जीप दुर्घटनामा परेकाे हाे । अर्घाखाँचीकाे ठाडामा रहेकाे इलाका प्रहरी कार्यालय जीप सड्कबाट ६०० मिटर तल खसेको जानकारी दिएको छ।

मृत्यु भएकाको भने पहिचान खुलेको छैन। उकालो बाटोमा गाडिको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले बताएको छ । जीपमा १० जना सवार थिए।

Loading...