नयाँ बानेश्वरको एक घरबाट २ लाख नगद सहित ८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट करीब २ लाख नगदसहित ८ जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख ९९ हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले करीब २ लाख नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार पक्राउ परेका ८ जनामाथि अनुसन्धान भइरहेको छ ।

Loading...