“स्वच्छ ईंटा परियोजना” समिक्षात्मक कार्यशाला गोष्ठीको समापन कार्यक्रम सम्पन्न

असार १८ ,काठमाडौँ / नेपाल ईंटा उद्योग महासंघ र अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्य तथा (DFID) नेपाल को सहयोगमा सञ्चालित स्वच्छ ईंटा पहल, पहिलो चरणको परियोजनाको समापन २०७५ असार १५ गते देशभरका सरोकारवाला ईंटा उद्योग व्यवसायी तथा संघहरुको प्रतिनिधिमूलक उपस्थितिमा सम्पन्न भएको छ ।
परियोजना सम्बन्धित समिक्षात्मक कार्यशाला गोष्ठी तथा महासंघका उपलब्धिबारे सरोकारवाला तथा सञ्चारकर्मी सबैमा सूचना प्रवाह तथा भविष्यमा प्रविधि तथा वातावरणमैत्री स्वच्च ईंटा उत्पादनमा थप विकासका योजनाबारे नीतिगत ध्यानाकर्षणकालागि असार १५ गतेका दिन “स्वच्छ ईंटा परियोजना – पहिलो चरण” समिक्षात्मक कार्यशाला गोष्ठीको औपचारिक समापन कार्यक्रम आयोजना गरिएको हो ।

ईसिमोडको व्यवस्थापनमा असार १२ गते देखि १५ गते सम्म आधुनिक जिगज्याग प्रविधिमा रुपान्तरण, प्रविधि विकास लगायतका विभिन्न विषयमा भएका गतिविधिहरुको समिक्षा गरिएको उक्त आवसीय कार्यशाला गोष्ठीमा नेपाल सरकारको ईंटा उद्योग सम्बन्धित विभिन्न ऐन, कानून र नियमावलीहरुका आधारमा नेपाल ईंटा उद्योग महासंघको पहलकदमीमा परिमार्जित आचारसंतिा लागू गर्ने प्रतिवद्धता समेत जाहेर गरिएको छ ।

ईसिमोड र यस परियोजनाका प्रमुख साझेदार नेपाल ईंटा उद्योग महासंघ र मिनर्जी प्रा. लि.का प्रतिनिधिहरुका तर्फबाट हिन्दुकुश क्षेत्रमा वायु प्रदुषण न्यूनीकरणकालागि नेपालको ईटा उद्योग क्षेत्रमा भएको प्रविधि विकास, प्राविधिक तथा सामाजिक पक्षको रुपान्तरण जस्ता गतिविधिहरुको प्रस्तुति रहेको सो कार्यक्रमको समुदघाटन राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव श्री अर्जुन कुमार कार्कीले गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै सचिव कार्कीज्यूले भन्नुभयो, “ईटा उद्योगबाट हानिकारक कार्वनजन्य उत्सर्जन नियन्त्रणलाई लिएर सरकार गम्भीर भएपनि अनुगमनकालागि आवश्यक जनशक्तिको कमी र ईंटा उद्योगलाई राज्यले उचित ध्यान नदिएको उद्योगीहरुको गुनासोबारे सुनेको छु ।” यस क्षेत्रमा भइरहेको प्रविधि रुपान्तरण तथा सामाजिक विकासका गतिविधिहरुको समिक्षात्मक कार्यशाला गोष्ठीले नेपालको पुननिर्माण तथा आवास लगायतका पूर्वाधार विकासमा समेत यस उद्योग क्षेत्रको आवश्यकता र सकारात्मक योगदान रहन्े विश्वासकासाथ गोष्ठीका उपलब्धिहरु सम्बन्धित उद्योग र अर्थ मन्त्रालयसम्म ध्यानाकर्षण हुनेमा आशावादी रहेको उनले बताउनुभयो ।

नेपाल ईंटा उद्योग महासंघ अन्तर्गत सक्रिय उद्यमी तथा प्राविधिकहरुको संलग्नतामा विगतमा तयार गरिएको जिगज्याग प्रविधि प्रवद्र्धनका साथै उद्योग सम्बन्धित सामाजिक पक्षको विकास तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु समाहित गरि गत २०७५ कार्तिकमा ईसिमोडसँगको सहकार्यमा “स्वच्छ ईंटा उत्पादन अनुशरण परियोजना” सञ्चालन गरिएको थियो ।
मौसमी प्रतिकूलताका कारण ६ महिनाको समयावधि राखिएको सो परियोजनामा ३ महिना थप गरि देशभरमा छरिएका ईंटा उद्योगहरुको सघनता रहेका ४ प्रदेशभित्र ७ नमूना ईंटा उद्योगहरुको स्थापनासँगै सामाजिक उत्तरदायित्व सहितको ईंटा उत्पादनलाई बढावा मिलेको ईसिमोडका रणनीति सहकार्य निर्देशक श्री बसन्त श्रेष्ठज्यूले उल्लेख गनुभयो । महासंघसँग विगत केही वर्षदेखिको सहकार्यले हिन्दूकुश क्षेत्रको जलवायु परिवर्तनका सवालमा नकारात्मक रहेको कार्वनजन्य उत्सर्जनको कारक मानिएको ईंटा उद्योग क्षेत्रमा नेपालीहरुले थालेको सुधारले नेपालभित्र मात्र नभइ पाकिस्तानमा समेत ईंटा उद्योगी तथा कामदारहरुको प्राविधिक क्षमता अभिबृद्धिका राम्रा नमूनाहरु स्थापित भएकोमा उनले जोड दिनुभयो ।

नेपालका ईंटा उद्योगरुको आधुनिकिकरणले यस क्षेत्रबाट हुने नकारात्मक वायु उत्सर्जन, कार्वनजन्य प्रदुषणको मात्रामा कमी ल्याउनुकासाथै उल्लेख्य मात्रामा उर्जा बचत, कृषिजन्य उर्वर माटोको सदुपयोग गर्दै ईंटा उद्यमीको मुनाफामा बृद्धि ल्याउने र उद्योगमा कार्यरत कामदारहरुको जीवनशैली उकास्ने खालका वातावरण विकास गर्दै ईंटाको गुणस्तर समेत बिकास गर्ने थुप्रा सम्भावनाहरुमा गृहकार्य भएको ईसिमोडका स्वच्छ ईंटा पहल कार्यक्रमका संयोजक श्री बिद्या बनमाली प्रधानज्यूले जोड दिनुभयो । विश्वभरको प्राविधिक विकासको सकारात्मक पक्षको अनुशरण र नेपाली माटो सुहाउँदो प्राविधिक रुपान्तरणले नेपाली ईंटा उद्योगलाई थप प्रभावकारी बनाउनुकासाथै दक्षिण एसियास्तरमै प्रदुषण न्यूनीकरणकालागि यस क्षेत्रका ईंटा उद्योग व्यवसायी संगठनहरुको आपसी सहकार्य र सहयोगको आदानप्रदानको अवस्था श्रृजना भएको उनले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष श्री सत्य नारायण प्रजापतिज्यूले सम्बृद्धिको नारालाई चरितार्थ गर्न नेपाली वस्तु उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । भाषण र सान्त्वनाबाट आर्जित उद्योगहरुमध्ये नेपाली माटो र शीपको प्रवद्र्धन गर्ने ईंटा उद्योग आफैं अग्रसर भई वायु प्रदुषण न्यूनीकरणमा दक्षिण एसियास्तरको ईंटा उद्योग संगठनहरुको नेतृत्व महासंघले गर्न सफल भएको कदमलाई प्रशंसा गर्नुहुँदै उनले सरकारका तर्फबाट उद्योगीहरुले तिरेको करको सम्बन्धित क्षेत्रमै सदुपयोग गर्न माग गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै देशभरी वातावरणमैत्री स्वच्छ ईटा उद्योग सञ्चालन गर्ने उद्धेश्यले नेपाल ईटा उद्योग महासंघ र ईसिमोडबीचको सहकार्य तथा म्ँक्ष्म् को सहयोग र मिनर्जीको प्राविधिक सहकार्यमा ईंटा उद्योगहरुमा कार्वनजन्य वायु प्रदुषणको मात्रा र कोइला खपतमा कमी ल्याई पर्यावरणमा सकारात्मक योगदान सहित औद्योगिक विकासमा प्राविधिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको महासचिव श्री शंकर बहादुर चन्दज्यूले जानकारी गराएका थिए ।

देशका विभिन्न भागमा सञ्चालित ईंटा उद्योगमा उत्कृष्ट प्रविधीको प्रयोगकालागि दक्ष जनशक्ति उत्पादन गर्ने तालिम, भौतिक संरचना सुधार लगायतका कार्यक्रमको आयोजनासँगै उद्योगमा कार्यरत कामदारहरुको हितमा सामाजिक उत्तरदायित्व बहन गर्ने ७ नमूना ईटा उद्योग घोषणासँगै उद्योगहरुका कामदारहरु तथा सामाजिक पक्षको व्यवस्थापन लगायत उत्पादकत्व बृद्धि समेतमा सुधारकालागि महासंघको हितमा समग्र ईंटा उद्योगहरुमा सामाजिक आचारसंहिता लागू गर्ने अभिप्रायले तयार गरिएको मस्यौदा २०७५ उपर विभिन्न चरणमा छलफलहरु भैसकेको अध्यक्ष श्री महेन्द्र बहादुर चित्रकारज्यूले बताउनुभयो । परियोजना अन्तर्गत बैकल्पिक उर्जा प्रयोगकालागि पेलेटको नमूना परीक्षणकासाथै महासंघ मातहतमा कोइला तथा उत्पादित ईंटाको गुणस्तर परीक्षण र प्रविधि अध्ययन अनुसन्धान निरन्तर राख्न प्रविधि अनुसन्धान तथा बिकास समिति अन्तर्गत महासंघमा च्७म् ग्लष्त सहितको आधुनिक प्रयोगशालाको परिकल्पनाले मूर्त रुप लिन थालेको बताउनुभयो । आधुनिक प्रविधि अन्तर्गत नेपाली माटो र लगानी क्षमताको टनेल किल्नमा चाँडै रुपन्तरित हुनुको बिकल्प नरहेको बताउनुहुँदै नेपाली ईंटा उद्योगको संरक्षणकालागि देशभरका उद्योगीहरु जिल्ला तथा प्रादेशिक तहमा एक्यवद्ध भई राज्यसँग विज्ञानसम्मत नीतिगत तर्क गर्न आवश्यक रहेको बताउनुभयो ।

महासंघका महासचिव श्री कृष्ण प्रसाद अवालज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ईसिमोडका तर्फबाट जनजिविका ईकाईका टिम लिडर डा. अरविन्द मिश्रज्यूले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, सरोकारवाला संघसंस्थाहरुका प्रतिनिधि लगायत महासंघका केन्द्रिय समितिका पदाधिकारीहरु तथा महासंघ अन्तर्गतका २४ जिल्ला संघहरुका प्रतिनिधिहरु गरि करीव १ सय ३० जनाको सक्रिय सहभागिता रहेको थियो ।

Loading...