उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि

काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ।

केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर लुकेका थिए।

जब ल्यान्डिङ गर्ने बेला भयो। चक्काको पार्ट्स तल खस्दा अनियन्त्रित भएर उनी पनि तल खसेको अनुमान गरिएको छ। विमान हिथ्रो एयरपोर्टमा अवतरण गर्ने क्रममा ती मानिस मानव वस्तीमा खसेर बजारिएका थिए।

गत आइतबार ती व्यक्तिको शव आफर्टन रोडस्थित बगैँचामा भेटिएको थियो। प्रहरीका अनुसार केन्या एयरवेजको विमानबाट ती व्यक्ति खसेका हुन सक्छन्। केन्या एयरवेजले नैरोबीबाट उडान भरेको थियो। लन्डनका एक व्यक्तिले आफू बगैँचामा बसिरहेको समयमा ती मानिस माथिबाट खसेको बताए।

Loading...