विद्यार्थी नेता मल्लको मृगौला प्रत्यारोपण सफल

काठमाडौँ । दुबै मृगौला फेल भएर उपचारको प्रक्रियामा रहेका जाजरकोटका युवा नेता कालीबहादुर मल्लको मृगौला प्रत्यरोपण सफल भएको छ ।

राजधानीको भक्तपुरस्थित मृगौला प्रत्यरोपण केन्द्रमा मल्लको मृगौला प्रत्यारोपण गरिएको हो । डा. पुकार श्रेष्ठसहितको टिमले मल्लको मृगौला प्रत्यारोपण गरेको हो ।

विद्यार्थी राजनीतिमा स्थापित व्यक्तित्व बनाएका मल्ल एकवर्षदेखि उपचारको क्रममा रहेका थिए । उनकी साहिली बहिनी तुलसी मल्ल (चन्द)ले उनलाई एउटा मृगौला दान गरेकी हुन् ।

भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रका डा. पुकार श्रेष्ठले मल्लको अप्रेशन सफल भएको जानकारी दिए । डा. श्रेष्ठका अनुसार अहिले मल्ल र बहिनी तुलसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ल विगत ३ महिनादेखि डाइलाइसिस गरिरहेका थिए । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

मल्लको मृगौला प्रत्यारोपन र स्वास्थ्य लाभको लागि उनलाई देश तथा बिदेशबाट थ्रप्रै शुभचिन्तकहरूले आर्थिक सहयोग गरेका थिए ।

Loading...