दुवइबाट फर्केकै दिन युवति लिएर नयाँ बसपार्कको होटेलमा बसेका युवक मृत फेला

काठमाडौं, १८ असार । काठमाडाैंकाे बालाजुस्थित नयाँ बसपार्क नजिक हाेटेलमा एक युवक मृत फेला परेका छन् । मृत्यु हुने युवक काभ्रेका २६ वर्षीय प्रमाेद गुरुङ हुन । उनी नयाँ बसपार्ककाे शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् ।

केही दिन अघि मात्र दुवइबाट नेपाल फर्केका गुरुङ एक युवतीसँगै उक्त हाेटलमा केही दिन अघिदेखि पुगेका थिए । राति युवतिसँगै पुगेका गुरुङ भाेलिपल्ट बिहान मृत अवस्थामा फेला परेका हुन् ।

उनी असार ११ गते दुबईबाट नेपाल फर्किएकाे बताइएकाे छ । दुवइबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उनी उक्त होटलमा बस्दै आएका हाेटल सञ्चालकले जानकारी दिएका छन् । हाेटल सञ्चालकले बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीलाइ बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधि फेला परेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई युवकको शव जाँच गरिरहेको प्रहरीले जनाएकाे छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ । मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेकाे बताइएकाे छ ।

Loading...