पत्रकार सम्मेलनबाटै देवकोटा पक्राउ

धनगढी, १८ असार । पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले कैलालीका अशाेकराज देवकाेटालाइ पक्राउ गरेकाे छ । देवकाेटा कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन ।

उनलाइ बुधबार बिहान अत्तरियामा रहेकाे उद्योग वाणिज्य संघको कार्यालयबाटै पक्राउ गरिएकाे हाे । उनकाे कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य ८ जना पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो । उनीहरुले नगरपालिकाकाे गत असार १० गते नगरसभाकाे उदघाटन शत्र अवरोध गर्न खोजेको अाराेप लगाउँदै नगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेकाे थियाे ।

नगरपालिकाले उनीहरुमाथि नगरसभालाई बिथोल्न र अवरोध पुर्‍याउन पटक पटक प्रयास गरेकाे अाराेप लगाएकाे छ । साेही कसुरमा उनीहरुमाथि सार्वजनिक हित विरुद्धको मुद्दा दर्ता गरिएकाे नगरपालिकाले जनाएको छ । देवकाेटासहितका व्यवसायीहरुले भने आफूहरुले नगरसभाकाे उदघाटन सत्रमा अत्तरियाका व्यबसायीहरुको समस्या राख्न पाउनुपर्ने माग मात्र राखेकाे बताएका छन् ।

नगरसभाकाे उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री लेखराज भट्ट र विशिष्ठ अतिथि प्रदेशका मन्त्री कृष्णराज सुबेदी रहेका थिए । उनीहरुले बोल्ने क्रममा पनि पटक पटक माईकको तारमा अवरोध गरिएकाे नगरपालिकाले अाराेप लगाएकाे छ । साे क्रममा संघिय सांसद समेत रहेका नेकपाका नेता तथा पूर्वमन्त्री लेखराज भट्ट निकै आक्रोशित बनेका थिए ।

घटनापछि थप विवाद चर्काउन नहुने भन्दै नेता भट्टसँग दैनिक स्थानीय र काँग्रेसका केन्द्रीय नेता कार्यकर्ताहरुले औपचारिक र अनौपचारिक छलफल गर्दै आएका थिए । तर, उक्त प्रयास सफल नभएपछि देवकाेटा पत्रकार सम्मेलनबाटै पक्राउ परेकाे बताइएकाे छ ।

अाफूलाइ पक्राउ पर्ने निश्चित भएपछि नै देवकाेटाले पत्रकार सम्मेलन राखेकाे र साेही पत्रकार सम्मेलन स्थलबाट उनी पक्राउ परेकाे अत्तरीयाका एक व्यापारीले ननस्टपखबरलाइ जानकारी दिए ।

Loading...