स्थानीय सरकारबारे काठमाडौंमा कार्यशाला गोष्ठी

काठमाडौँ, १६ असार । विकास पत्रकार मञ्च (फोडेस) नेपाल र स्थानीय सुशासन तथा समुदाय विकास कार्यक्रमले संयुक्त रुपमा काठमाडौंमा स्थानीय सरकारबारे कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् ।

वर्तमान परिवेशमा स्थानीय सरकारले निभाउनुपर्ने भूमिका, स्थानीय सरकारहरु कति सबल छन भन्ने विषयहरुमा गोष्ठीमा छलफल भएकाे छ । साेमवारदेखि सुरु भएकाे गाेष्ठीमा तीन जना विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गरेका छन् ।

वरिष्ठ पत्रकार शिव गाउँलेले स्थानीय सरकारबारे खोज पत्रकारिता, विज्ञ पुरुषोत्तम नेपालले स्थानीय सरकारको वित्तीय अवस्था र नेपाल सरकारका पूर्वसहसचिव बसन्तराज गौतमले स्थानीय सरकारको सुशासन विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै उनीहरुको कार्यपत्रमाथि चेतनाथ कँडेल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापा र नेपाल सरकारको स्थानीय स्वशासन विज्ञ तथा पूर्वसहसचिव खेमराज नेपालले टिप्पणी गरेका थिए ।

Loading...