संखुवासभामा प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा, १६ असार । सुदुर उत्तरी सिलिचोङ गाउँपालिकामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच जम्काभेट भएको छ । सो क्रममा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएको हो । फायरिङका क्रममा कुनै पनि पक्षको क्षति भने नभएको प्रहरीले जनाएको छ । विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ।

सिलिचोङ गाउँपालिका १ मा गस्तीका लागि प्रहरी टोली गएको र फिल्डमा जाँदा सांकेतिक फायरिङ भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन् । विप्लव कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतिर भागेको र त्यसपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ ।

Loading...