संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्ने दायित्त्व हाम्रो- मेयर शाक्य

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्नुपर्ने र यो सबैको दायित्त्व  भएको बताउनु भएको छ।

काठमाडौँ महानगरपालिका २३ वडा ओमबहालमा जीवन्त संस्कृति संरक्षण समाजको आयोजनामा शनिबार भएको परम्परागत बाजा गुरु सम्मान कार्यक्रममा मेयर शाक्यले उक्त धारणा व्यक्त गरेका हुन । उनले संस्कृति संरक्षणको लागि महानगरपालिकाले नियमित सहयोग गर्दै आएको अवगत गराउँदै संस्कृति संंरक्षण गर्न आर्थिक सहयोग मात्रै पर्याप्त नहुने बताए ।

‘नागरिक समाज, टोल समाज सबै जागरुक भए मात्रै हाम्रो मौलिक संस्कृतिलाइ जीवन्त बनाइराख्न सकिन्छ । नभए बचाउन नसक्ने हुन्छ´ मेयर शाक्यले भने । महानगरपालिकाले नगरभित्र बार्षिक रुपमा विभिन्न समुदायका बाजा गुरु सम्मान स्वरुप २५ हजार आर्थिक सहयोग गर्दै आएको छ । याे सहयोगलाई आर्थिक रुपमा तुलना गर्न नहुने मेयर शाक्यको भनाइ थियोे ।

उनले  भने, “संस्कृति संरक्षणमा योगदान दिने मेहनतलाई सम्मान गर्दै हौसला प्रदान दिनु पर्दछ । नयाँ पुस्ताले उच्च शिक्षासँगसँगै लिएर संस्कृतिलाइ जीवन्त तुल्याउदै पर्यटनसँग आवद्ध गर्दै जाँदा भबिष्य सुनिश्चित हुन्छ ।’ 

समुदाय भित्रका विभिन्न बाजा गुरु सम्मान गरिएको कार्यक्रममा संघीय सांसद अष्टलक्ष्मी शाक्य, राजेश शाक्य, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम प्रमुख उदय पसखल, २३ नम्बर वडा अध्यक्ष मचराजा महर्जन लगायतको उपस्थिति रहेको थियो । 


सांसद राजेश शाक्यको बिशेष पहलमा महानगर भित्र नेवार समुदाय भित्रका मौलिक बाजा संरक्षण गर्ने उद्देश्यले विभिन्न समुदाय भित्र नयाँ पुस्तालाइ बाजा प्रशिक्षण दिने गरिएको छ । 

Loading...