गुथी बिधेयक फिर्ता पछि खबरदारी र्ह्याली गर्दै गुठियार

काठमाडौँ,१३ असार  । सरकारले गत मंगलबार राष्ट्रिय सभाबाट गुठि बिधेयक फिर्ता लिईसकेता पनि नेवार समुदाय , गुठियारले आफुहरुको आवाज दबाउन अझै षडयन्त्र हुनसक्ने भन्दै खबरदारी जरुरि रहेको बताएको छ । गुठि बिधेयक बिरुद्द संघर्ष गर्न बनेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले नेवार समुदायको पहिचान गुठि र स्वाधिनताको लागि निरन्तर संघर्ष गर्दै जाने बताएको हो ।

समितिले सरकारलाई सचेत गर्न शनिबार काठमाडौँ जुद्ध शालिकबाट खबरदारी मोटर साइकल र्यालीको अयोजना गएको छ । र्याली – बिहान १० बजे नयाँ सडक, असन ,जमल ,कमल पोखरी ,गौशाला ,कोटेश्वर ,थिमी , ललितपुर मंगलबजार ,त्रिपुरेश्वोर हुदै किर्तिपुर पुगी समापन हुने समितिका पुर्ब सम्योजक श्याम कृष्ण प्रजापतिले बताए ।

Loading...