सडक प्रयोग कर्ताले दैनिक व्यवहार परिवर्तन गरे ट्राफिक जाम हट्छ -महानिरीक्षक खनाल

 

 

असार १३ , काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार तथा ट्राफिक जाम व्यवस्थापनका लागि आम सर्वसाधारण ,सडक प्रयोग कर्ताले दैनिक व्यवहार परिवर्तन गर्नुपर्ने बताउनु भएको छ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण र सुरक्षित समाजका लागि सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायको भूमिका तथा तीन महिने कार्ययोजनाको शुक्रबार आयोजित समीक्षात्मक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गरी नेपालको ट्राफिक व्यवस्थापन संसारमै उत्कृष्ट रहेको भन्ने सन्देश दिने गरी काम गर्न सरोकारवाला सबैको साझा लक्ष्य भएको समेत बताउनुभयो ।

घरबाट ढिला निस्किने हिड्दा अलिकति मार्जिन समेत राखेर ननिस्कने ‘ कहिकतै ढिलो हुँदा ट्राफिक जाममा परियो भन्ने चलन चल्तीमा रहेको प्रशंग जोड्दै आइजिपी खनालले प्रश्न गर्नुभयो , ‘काममा हिड्दा अलिकति मार्जिन राखेर निस्कन सुझाउनु भयो ।
ट्राफिक व्यवस्थापनको लागि लागू गरिएको उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना २०७५’ कार्यान्वयनको क्रममा सरोकारवाला सबै निकाय एकिकृत रुपमा अघि बढेकोले थुप्रै सफलता हासिल भएको प्रहरी महानिरीक्षक खनालले चर्चा गर्नुभयो । साझेदारी कार्यक्रम मार्फत अभिमूखिकरण गरेर उपत्यकालाई सबैको साझा सहरको रुपमा जिम्मेवारी लिएर, दृढ संकल्पित भई चुस्तताका साथ अघि बढ्दा सहज रुपमा सभ्य सडक निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।                              

सो अवसरमा कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दहालले कार्ययोजना कार्यान्वयनको क्रममा उदाहरणीय काम भएको उल्लेख गर्दै सडक व्यवस्थापन नै सभ्यताको कडी भएको बताउनुभयो । देशको विकास स्थिति सवारी चालकको व्यवहारले झल्काउने भएकोले विविध योजना बनाएर सडक अनुशासन विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्दै हाल भइरहेका शहर निर्माणको योजना, बाह्य चक्रपथ निर्माण लगायतका कार्यबाट उपत्यकालाई व्यवस्थित शहरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा ट्राफिक महाशाखका प्रमुख एसएसपी बसन्त पन्तले तीन महिने उपलब्धी प्रस्तुत गरेका थिए। उनका अनुसार उपत्यकामा यसवर्ष ७ हजार ७५२ दुर्घटना भएको र २२८ जनाको मृत्यु भएको छ। २८९ जना घाइते छन्। यी दुर्घटना बढीजसो मानवीय कारणले भएको भन्दै उनले ट्राफिक जाम व्यवस्थापनका लागि ट्राफिकमैत्री सडक, जक्सन, फ्लाइओभर, प्रविधिमैत्री सडक तथा स्थानीयलाई जनचेतना दिनुपर्ने निष्कर्ष सुनाएका थिए।

कार्यक्रममा काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका अधिकारी, यातायात व्यवसायी, साझा बस समितिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो।

सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमअन्तर्गत ट्राफिक महाशाखाले उपत्यकामा करिडोर तथा अण्डरपास खुलाउने, प्रदूषण नियन्त्रण, सडक रेखांकन, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, गति नियन्त्रण लगायतका कार्यहरु गरेको थियो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, यातायात व्यवसायसँग आबद्ध  संघसंस्थाका प्रतिनिधिहरु, गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिहरु,  यातायात मजदुरका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु,समाजसेवी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु  लगायत समेत उपस्थिति रहेको थियो ।

व्यवहार परिवर्तन गरे ट्राफिक जाम हट्छ

झीगु स: मंका स: ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಜೂನ್ 28, 2019

Loading...