बुटवलको ऐतिहासिक टक्सार घरमा सेनाको व्यापारिक भवन: इतिहास मासेको गुनासो

तत्कालीन पश्चिमी कमाण्डर जनरल प्रताप शमशेरले विसं १९६० को दशकमा बुटवलमा सिक्का छाप्न बनाएको घर रहेको ठाउँमा अहिले नेपाली सेनाले ुव्यापारिक प्रयोजनकोु ठूलो भवन निर्माण गरेको छ।

टक्सार भवनु नाम दिएर सेनाले बुटवल उपमहानगरिपालिका अमरपथमा निर्माण गरेको भवन भाडामा दिन माघ ३ गते आफ्नो वेबसाइटमा टेण्डर मागेको थियो। स्थानीय ७४ वर्षीय रविन्द्रगोपाल लाकौल ऐतिहासिक सम्पदा मासिएकोुमा दुखी छन्।लाकौल भन्छन्, “इतिहास त जस्ताको त्यस्तै पो जोगाउनुपर्छ। तर अब रहेन। सेना नभएर अरू कसैले बनाउन थालेको भए सायद आवाज उठ्ने थियो। हेर्दाहेर्दै अहिले इतिहासमाथि व्यापार हुन लाग्यो।”

सिक्का मेसिनको इतिहास

सिक्का छाप्ने पुरानो मेसिन सेनाले भवन अगाडि राखेको छ। काठमाण्डूबाट पैसा बोकेर पुर्‍याउन गाह्रो भएपछि प्रताप शमशेरले बेलायतबाट सो मेसिन ल्याएर बुटवलमै सिक्का छाप्ने बन्दोबस्त गरेको बताइन्छ।लाकौलका अनुसार उक्त मेसिनबाट त्यो बेला दुई, पाँच तथा दश पैसाका सिक्काहरू छापिन्थ्यो।

बुटवल बाहेक यो क्षेत्रमा पाल्पाको टक्सारटोल र गुल्मीको वामीटक्सारमा पनि त्यस्ता मेसिनहरू रहेको लाकौल सम्झन्छन्।

विसं २००७ को राजनीतिक परिवर्तनसँगै बुटवलवाट पैसा छाप्न बन्द भएको जानकारहरू बताउँछन्। पैसा छाप्ने समयमा मेसिनको सुरक्षामा तैनाथ सेनाले भने उक्त स्थान नछोडेको उनीहरूको भनाइ छ। अहिले त्यही मेसिन राखिएको टक्सार घरको जग्गामा सेनाले चारतले व्यापारिक भवन ठड्याएको हो।

नक्सापासमा विवाद
सेनाको सो भवनको नक्सा बुटवल उपनगरपालिकाले लामो समयसम्म पास नगर्ने अडान लिएको थियो। उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य भन्छिन्र् ” एक डेढ महिनायता के भयो मलाई जानकारी छैन तर त्यसअघि त नक्सा पास गर्न रोकेकै हो।”

तर उपमहानगरपालिकाले सो भवनको निर्माण सम्पन्न प्रमाणपत्र भने केही दिनअघि सेनालाई दिइसकेको छ।
बीबीसी नेपालीबाट

Loading...