गुठी विधेयक फिर्ता हैन खारेजीको माग राख्दै गुठियार मानवसागर उर्लिए ( फोटो फिचर /भिडियो )

विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक मंगलबार फिर्ता लिएपछि साताबाट आन्दोलनमा उत्रिएका नेवार समुदाय गुठियारहरुको आन्दोलन बन्द हुनुको सत्ता झनै उग्ररुपमा प्रस्तुत भएको छ ।सरकारले विधेयक फिर्ता गरेर अर्को षडयन्त्र गर्न खोजेको भन्दै  काठमाडौँ ,ललितपुर ,भक्तपुर ,किर्तिपुर ,बनेपा लगाएतका लाखौ नेवार समुदाय गुठियारले बुधबार राजधानीमा विशाल मानव सागरको रुपमा उर्लिएको छ ।

विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन गरको छ । 

ओली सरकारको कडा आलोचना गर्दै भूमि सुधार मन्त्री पद्मा अर्याल, गृहमन्त्री रामबहादुर थापा, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा समेत माग गरेका थिए । 

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भइरहेको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् ।
बुधबार हुने कार्येक्रम को तैयारीमा ‘ गुथिबिधेयक फिर्ता धोका हो , भन्दै उक्त बिधेयक खारेजीको माग गर्दै मंगलबार साँझ काठमाडौँ , दक्षिण ललितपुर बुन्गमतिमा मसाल जुलुस निकालिएका थिए । 

   

 

 

 

 

 

 

 

Loading...