गुठी विधेयकको विरोधमा माइतीघरमा नेवारको पावर प्रदर्शन

सरकार र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी

काठमाडौं ।  सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल मानव सागर उर्लिएको छ ।

विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भइरहेको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् ।

Loading...